जान्वी र सञ्जिवको यस्तो प्रेम (भिडियो)
गायक सुनिल कटुवालको आवाजमा रहेको “तिमी राम्री” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । “तिमी राम्री” बोलको सार्वजनिक गीतमा गायक सुनिललाई गायिका राधिका गोलेले साथ दिएकी छिन् । महेश ज्ञवालीको शब्द, संगीत रहेको सार्वजनिक गीतमा एरेन्ज सञ्जिव बराइलीको रहेको छ ।
सार्वजनिक भिडियोमा अहिलेकी चर्चित मोडल जान्वी बोहोरा र सञ्जिवले अभिनय देख्न सकिन्छ । भिडियोमा सञ्जिवले जान्वी प्रति प्रेमभाव देखाएका छन् । अपिल डि. घिमिरेको निर्देशनमा तयार भएको भिडियोलाई डिका गुरुङले खिचेका गरेका हुन भने अनुप गिरीले सम्पादन गरेका हुन् ।
सार्वजनिक भिडियोलाई नयाँ तरिकाले निर्माण गरेको गायक सुनिल कटुवालले जानकारी दिए । उनका अनुसार यूवापुस्तालाई लक्षित गरेर सार्वजनिक गरिएको भिडियोलाई दर्शकहरुले अत्याधिक रुचाउनेछन् ।

