हेराई नै मात लाग्ने भिडियो
न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार २१ सोमबार | ३१७९ पटक हेरिएको
बिगत एक दशक देखि साहित्य सिर्जनामा साधनारत गीतकार तिब्वत दर्लामीले झण्डै तीन बर्ष अघि हेराई नै मात लाग्ने बोलको गीत गायक दीपक लिम्बुको आवाजमा रेकर्ड गराएका थिए । गीतले बजारमा राम्रो चर्चा पनि पाउन सफल भयो । हाल यही गीतको म्युजिक भिडियो बनेपछि पुनः यस गीतको चर्चा चुलिदैछ ।
काभ्रे जिल्लाबाट दस बर्षअघि राजधानी छिरेर सँघर्षरत तिब्वत दर्लामीले यसअघि "सम्बोधन" गजल सँग्रह पाठकमाझ पस्किसकेकाछन् भने गीतकारहरु सन्दीप ढकाल, पदमा लिंखा मगर, नबराज बुढा नवीन उदासी र शान्ति पाख्रिन तामाङसँगको सहकार्यमा "केही काँडा केही फूल" नाम सँयुक्त एल्बम पनि बजारमा ल्याएकाछन् ।
चर्चित संगीतकार राजेश थापाद्घारा संगीतबद्घ यस गीतको म्युजिक भिडियोको निर्देशन क्यामेरा तथा सम्पदन सरोज एत्सामन ले गरेका हुन् भने मोडेलहरु रेबिका र सचेतले सुन्दर अभिनय गरेका छन् ।
