Mohan Baidya Kiran & Badal in Fire place
काठमाण्डौ । २०७२ साल चैत्र १४ गते राती करिब ९ बजेर ४५ मिनेट जाँदा काठमाण्डौको तिनकुने नजिकै रहेको सुकुम्बासी बस्तीमा एउटा अप्रिय घटना घट्यो ।
सुत्ने बेला भैसकेको थियो । मैन वत्ती सल्काउने क्रममा खाना पकाउने ग्यास लिक भएर आगो लाग्न पुग्यो । जसको कारण ११ वटा घर पूर्ण रुपमा ध्वस्त भएको थियो भने अन्य आंसिक रुपमा ५ ओटा घरलाई असर परेको थियो । मानविय क्षति नभएता पनि केही जनवार र पशुपञ्छी मरेको साथै २ बृद्ध बुढीआमाहरु र एक जना पुरुसलाई केही चोट लागेको थियो ।
नेपाल कम्यूनिष्ट पार्टि क्रान्तिकारीको अध्यक्ष मोहन वैद्ये किरण र महासचिव राम बहादुर थापा बादल र अन्य पदाधिकारीहरु उक्त आगलागि भएको ठाउँमा स्थलगत निरिक्षणमा गएको थियो ।
निरिक्षण पश्च्यात पिडितहरुलाई पाल र कम्बल उपलब्ध गराइएको थियो । मन्तब्यको क्रममा अध्यक्ष वैद्येले सरकारसंग आगलागि पिडितलाई आवशयक राहत उपलब्ध गराउन र सुकुम्बासी समस्या समाधान गर्न जोडदार आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
