Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस

हेटौँडा, ८ मङ्सिरः चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेको हो । 

    आइतबार हेटौँडा आएदेखि मङ्गलबारसम्म ढकाललाई विभिन्न सङ्घसंस्थाले सम्मान गर्दैआएका छन् । देव्रे हाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले रु एक लाखसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उनी हेटौँडा उपमहानगरपालिका–२ का बासिन्दा हुन् । 

    यस्तै ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसले पनि रु एक लाखसहित सम्मान गरेको छ । उनलाई बालजागृती इङ्लिस स्कुलले रु २५ हजारसहित सम्मान गरेको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको डिडिसी आउटलेटले पनि सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालय, हेटौँडा २ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले पनि रिजनलाई सम्मान गरेको छ । 

    यस्तै २ नम्बर वडा कार्यालले ढकाललाई रु ३५ हजार र अस्पतालले नगदसहित सम्मानपत्र प्रदान गरेको हो । साथै, अस्पतालले उनको परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको छ । गृह जिल्लाका विभिन्न सङ्घसंस्थाले सम्मान गर्दा आफूलाई थप हौसला मिलेको ढकालले बताए । 

    “गृह जिल्लामा यति धेरै माया पाउँदा निकै खुसी छु । आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न हौसला मिलेको छ”, उनले भने । ढकालले एनपिएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan