Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विराटनगरका विभिन्न घाटमा छठ पूजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

विराटनगर, २९ कात्तिकः सूर्य भगवान्को आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रुपमा मनाइने ‘छठ’ पर्व मनाउने क्रममा श्रद्धालु भक्तजन स्थानीय घाटहरुमा पुगी पूजा आराधनासहित सूर्यलाई अर्घ दिइरहेका छन् ।
    
    केही वर्ष पहिले विराटनगरको सिङ्गिया खोलामा मात्र पूजा गर्ने प्रचलन थियो भने अहिले विराटनगरको सबै क्षेत्रमा ‘छठ’ पर्वका लागि घाट निर्माण भएको छ ।

    छठ पर्वका अवसरमा पहिलो दिन व्रतालुले पवित्र भएर स्नान गर्ने, नङ काट्ने र शुद्ध एवं सात्विक भोजन ग्रहण गर्नु, दोस्रो दिन ‘खरना’ दिनभर उपवास बसेर साँझपख सख्खरको खीर र लौकाको तरकारी प्रसादको रूपमा ग्रहण गर्ने, तेस्रो दिन कठोर निराहार व्रत बसिन्छ । नदी, तलाउ वा जलाशयका किनारमा आकर्षक घाट सजाइन्छ । आज बाँसको ढाकियामा ठेकुवा, कसार, केरा, उखु र विभिन्न मौसमी फलफूल राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलि बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ दिइएपछि व्रत समापन हुनेगर्दछ ।

    धार्मिक आस्था, संस्कार र सहअस्तित्वका रुपमा लिइने यस पर्व नदी, घाट तलाउमा पुगी सामूहिक रुपमा मनाउने गरिन्छ । 

    छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता प्रकट गर्ने मानिस, समाज र पर्यावरणबीचको  सन्तुलनलाई जोड दिन्छ । यसैगरी, श्रम, संयम र निष्ठाको मूल्य सिकाउँदै समाजमा सहकार्य र एकताको भावना जागृत गराउन यस पर्वले सहयोग पु¥याउँदै आएको छ । 
    
    छठ पूजा समारोह समिति पञ्चालीका अध्यक्ष टुनटुन शर्माले ‘छठ’ पर्व हाम्रा लागि निकै महत्वपूर्ण भएकाले नै पूजाका लागि बनाइने घाट आकर्षक बनाउने गरेको बताउनुभयो । यस पर्वले सुख, शान्ति र आत्मविश्वास बढाई दुःख र कष्टको अन्त्य गर्ने विश्वास गरिएको छ । 

विराटनगर क्षेत्रका मोरङ सुनसरी सिँचाइ आयोजना नहरमा पनि आज पानी छाडिएको छ । जसले भक्तालु र श्रद्धालुलाई पूजा गर्न सहज भएको आयोजनाका इन्जिनियर अमरेन्द्र मण्डलले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan