Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

झापा, २९ कात्तिकः परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आज सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ । जिल्लाका मुख्य तथा सहायक नदी र पोखरीहरूमा साँझ श्रद्धालुहरूको उल्लेख्य घुइँचो थियो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार भद्रपुरको मेचीदेखि दमकको रतुवा नदीसम्म विभिन्न ५३ स्थानमा जलाशय तथा नदी किनारमा सामूहिक मण्डप निर्माण गरी छठ पूजा गरिएको छ । मेची, निन्दा, हँडिया, अन्धुवा, बिरिङ, कनकाई, रतुवा र मावा लगायत २१ स्थानमा औपचारिक छठ समिति गठन गरेर व्यवस्थित रूपमा पूजा सम्पन्न गरिएको छ ।

    विर्तामोड छठ पूजा समितिकी अध्यक्ष सङ्गीता रौनियारका अनुसार व्रत बसेका श्रद्धालुहरूले आज साँझ जलाशय किनारमा निर्मित मण्डपमा जम्मा भई अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य र पूजाआराधना गरेका छन् । सामूहिक पूजा हुने स्थानमध्ये सबैभन्दा बढी घुइँचो भद्रपुरस्थित मेची नदी किनारमा देखिएको छ । यहाँ नेपाल र भारत दुवैतर्फका व्रतालु तथा श्रद्धालुहरूले आपसी सद्भाव र उत्साहका साथ सँगै एउटै नदीमा पूजा गर्दै आएका छन् ।

    विर्तामोड नगर क्षेत्रको अन्धुवा खोला साँघुरो र प्रदूषित बनेपछि त्यहाँका अधिकांश व्रतालु विगतका वर्ष झैँ यसपटक पनि कनकाई नगरपालिकास्थित बिरिङ खोलामा पुगेर सामूहिक रूपमा छठ पर्व मनाएका छन् ।  छठ पर्वलाई पूर्ण रूपमा सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको थियो । शान्तिसुरक्षाका लागि जिल्लाभर एक हजार ५६ जना नेपाल प्रहरी र ४३८ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी दृश्य तथा अदृश्य रूपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

    अत्यधिक भीडभाड हुने भद्रपुरको मेचीघाटमा सशस्त्र प्रहरीद्वारा विशेष हेल्थ डेस्क र विपद् उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको थियो । सुरक्षालाई थप कडा पार्न तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराद्वारा निगरानीसमेत गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

    “कुनै पनि अप्रिय घटना हुन नपाओस् भनेर सबै सुरक्षा निकायको समन्वयात्मक परिचालनको प्रभावकारी प्रबन्ध मिलाएका छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो । पर्वका अवसरमा ‘साउन्ड सिस्टम ’लगायत ध्वनि यन्त्रको प्रयोग गर्दा ध्वनि प्रदूषण नहुनेतर्फ सचेत बन्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan