सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | रासस
काठमाडौँ, २८ कात्तिकः नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ ( आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।


