Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ युएई प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस)

काठमाडौँ, २७ कात्तिकः गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

    सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले सहभागी मुलुकका समकक्षीसँग द्विपक्षीय छलफलका साथै सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका सम्बन्धमा कुराकानी गर्ने उहाँको सचिवालयले जनाएको छ । 

    सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय छलफल, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कार प्रदानलगायत गतिविधि हुनेछन् । 

    सम्मेलनमा रक्षा तथा सङ्कट प्रतिकार्य, कृत्रिम बौद्धिकतामा आधारित प्रहरी सेवा, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा सङ्गठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली; भूउपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षालगायतका १४ विषयगत क्षेत्रमा छलफल हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan