मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस)
जनकपुर, २७ कात्तिकः मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ः०० बजेदेखि बस्नेगरी आह्वान गरिएको छ ।
मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को आज बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिअनुसार विसं २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ः०० बजेदेखि लागू हुनेगरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
प्रदेशसभा आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।


