मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
ख्वप (भक्तपुर), २६ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पुर्याएका कारण उहाँले आज सो क्षेत्रको अवलोकन गर्नुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री थापाले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको उक्त सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताउनुभयो ।


