Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | (रासस)
newsabhiyan

अन्ताल्या (टर्किए), २६ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राख्नुभएको छ । 
    
टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उहाँले उक्त धारणा राख्नुभएको हो । 

परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई  सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक  कार्यक्रममा उहाँले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो ।
    
उहाँले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan