भारतको आन्ध्र प्रदेशमा चक्रवातबाट दुई जनाको मृत्यु, ३१२ घरमा क्षति
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आएको शक्तिशाली ‘मुरासु’ चक्रवातका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार चक्रवातले ३१२ घर, विद्युत् प्रसारण लाइन र ठूलो क्षेत्रफलको बालीनालीमा क्षति पु¥याएको छ ।
मङ्गलबार साँझ राज्यको राजधानी अमरावतीबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने बापट्ला जिल्लामा चक्रवातको प्रभाव परेको थियो ।
चक्रवातसँगै आएको भारी वर्षा र तीव्र हावाहुरीले ५२ हजार ४५९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा समेत क्षति पु¥याएको अधिकारीहरूले बताएका छन् ।
एक साताभित्र आन्ध्र प्रदेशमा आएको यो दोस्रो चक्रवात हो । गत साता ‘अर्नाब’ नामक चक्रवातले आन्ध्र प्रदेश र ओडिसामा प्रभाव पार्दा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।


