Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस-एएफपी)

वासिङ्टन, १८ कात्तिक : अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा पाकिस्तान पठाउन नपाइने फैसला सुनाउनुभएको छ ।

निर्वासनको सूचीमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गर्नुअघि अमेरिकी सेनालाई सहयोग गरेका व्यक्तिका आफन्तसमेत रहेको अफगानइभाक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शन भ्यानडाइभरले पूर्वसैनिक, अधिकारकर्मी, कङ्ग्रेसका ६६ सदस्य र हजारौँ अमेरिकी नागरिकको प्रयासबाट प्रस्तावित उडान रोकिएको बताउनुभएको छ ।

तालिबानले आममाफी घोषणा गरे पनि संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हत्या, गैरकानूनी हिरासत र दुव्र्यवहारका घटना अभिलेख गरेको छ । यसैबीच, पाकिस्तानले पनि आफ्नो देशमा रहेका लाखौँ अफगानीलाई फर्काउने नीति अघि बढाएको छ । गत अक्टोबरमा दुई देशबीच भएको घातक सीमा झडपपछि आवागमन लगभग बन्द छ ।

ट्रम्प प्रशासनले यसअघि अफगानिस्तानसहित विभिन्न देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउनुका साथै विशेष आप्रवासी भिसा पाएका केही अफगानीको निर्वासन सुरक्षा अन्त्य गर्ने प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan