Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौँ, १३ कात्तिकः नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तरराष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ । 

विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज यहाँ आयोजित साधारणसभामा नेपालका थप छवटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो । नेपालले राखेको उक्त प्रस्तावलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ ।

नेपालले छुट्टै हिमालका रूपमा अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन् । नेपालका यी हिमालले अन्तरराष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुने बताइएको छ ।

उक्त कार्यले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपालले यसअघि सन् १९८२ र २०११ मा विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारणसभा आयोजना गरेको थियो । बिहीबार र आज यहाँ आयोजित महासङ्घको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासङ्घका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan