Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | रासस

सङ्खुवासभा, १३ कात्तिकः सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    आज दिउँसोदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो । पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो । 

    उक्त क्षेत्रमा थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरिएको हो । 

    वर्षा र हिमपात मकालु आधार शिविरतर्फ लागेको १० विदेशी नागरिकसहित ३० जना मकालु गाउँपालिका-२ टासिगाउँमै रोकिएको मकालु-२ का वडाध्यक्ष छोपाल शेर्पाले बताउनुभयो । लगातारको वर्षाका कारण याङ्लेखर्क, शिवधारा र मकालु आधार शिविर क्षेत्रमा तथा सभापोखरीसहित उच्च हिमाली हिमपात भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan