Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | याङ्गुन, ३ कात्तिक (रासस\एएफपी) :

म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाउनुभएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उहाँको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन् ।

    प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा सिलबन्दी खाम र राजाले पठाउनुभएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन् ।

    सन् २०२१ को सैनिक विद्रोहबाट सत्ताच्युत हुनुभएकी सुकीलाई पछि नजरबन्दमा सारिएको थियो । गत अप्रिलमा पूर्वसैनिक शासक मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिका रूपमा स्थापित हुनुभएको निर्वाचनमा उहाँको पार्टी सहभागी हुन पाएको थिएन ।

    सैनिक विद्रोहपछि म्यान्मामा गृहयुद्ध चर्किएको छ । द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको द्वन्द्व अनुगमन संस्था एसीएलइडीले जनाएको छ ।

    बेलायतले सुकीको हिरासतलाई ‘मनमानी नजरबन्द’ भन्दै उहाँलाई तत्काल र बिनासर्त रिहा गर्न माग गर्दै आएको छ । बेलायती विदेश कार्यालयले भने प्याकेज कूटनीतिज्ञमार्फत हस्तान्तरण गर्ने प्रयास भएको थियो वा त्यसका लागि अनुमति अस्वीकार गरिएको थियो भन्ने स्पष्ट पारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan