Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेसहारा महिलालाई घर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

उदयपुर, ३० असोजः विदेशिएका मनकारी नेपालीले बेसहारा बनेकी महिलालाई घर बनाइदिएका छन् ।  जङ्गली हात्तीले घर भत्काइदिएपछि बेसहारा बनेकी उदयपुरकी ७६ वर्षीया एकल वृद्धालाई कतारमा रहेका उदयपुरका युवाहरूले आर्थिक सहयोग जुटाएर घर बनाइदिएका हुन् ।  

    त्रियुगा नगरपालिका–७ तिलबारीकी दलमाया रिखाम मगरको  गत  माघमा जङ्गली हात्तीले  घर भत्काइदिएको थियो । घरविहीन बन्नुभएकी दलमायाका लागि प्रवासी सेवा समाज कतार उदयपुरले आर्थिक सहयोग सङ्कलन गरेर घर बनाइदिए पछि उहाँ दङ्ग पर्नुभएको छ ।
 
प्रवासी सेवा समाज कतार उदयपुरका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरका युवाहरूबाट रु दुई लाख सङ्कलन गरी जस्ताको छाना भएको घर निर्माण गरिदिएका हुन् । 
    
सङ्कलन गरिएको रकमबाट आवश्यक निर्माण सामग्री खरिद गरिएको थियो भने स्थानीयवासीले काठपात, ढुङ्गा, गिट्टी र बालुवा सहयोग गरेका थिए । “कतारमा रहेका उदयपुरे युवाहरूबाट रु दुई लाख सङ्कलन ग¥यौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गर्नुभयो । सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,” कटुवालले भन्नुभयो ।
    
दलमायाले १५ वर्षअघि श्रीमान् गुमाउनुभएको थियो । उहाँका एक छोरा भए पनि उहाँ काठमाडौँमा मजदुरी गर्दै आएका छन् । एक्लै बस्दै आउनुभएकी दलमायाको दैनिकी एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा चल्दै आएको छ । 

आर्थिक अभावबीच जीवन गुजार्दै आएकी उनलाई जङ्गली हात्तीले पुरानो घरसमेत भत्काइदिएपछि बसोबासको थप समस्या परेको थियो । समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको फुसको घर थियो ।

     हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता महसुस गरी संस्थाको पहलमा नयाँ घर निर्माण गरिएको हो । नयाँ घर पाएपछि दलमाया पनि खुसी भएकी छन् । अभावबीच जीवन बिताउँदै आएकी उनले अब सुरक्षित घरमा दसैँ मनाउन पाउनुभएको छ । 
    
“एकल महिला भत्ता र आफन्तको सहयोगमा खाद्यान्नको जोहो गर्दै आएकी छु । अब नयाँ घरमा दसैँ मनाउने छु,” खुसी हुँदै दलमायाले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan