Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘प्रहरी ब्याटन’को विजेता बन्यो लुम्बिनी प्रदेश प्रहरी कार्यालय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस

 काठमाडौँ, ३० असोजः यसवर्षको ‘प्रहरी ब्याटन’ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । 

    एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले सो कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी ब्याटन–२०८३’ प्रदान गर्नुभयो ।

    अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनअन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सो उपाधि जितेको हो । 

    कार्यक्रममा गृहमन्त्री गुरुङले यसवर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक डा प्रेमलाल श्रेष्ठलाई प्रदान गर्नुभयो । 

    यस्तै गृहमन्त्री गुरुङले अमर प्रहरीका आश्रित परिवारजनलाई कदरपत्र र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्कीले सद्भाव सहयोग प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan