Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फोहरमैला व्यवस्थापन केन्द्र शुक्लाण्डकी नगरपालिकालाई हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

दमौली (तनहुँ), २९ असोजः तनहुँको शुक्लागण्डकी नगरपालिका-५ कसेरीमा निर्माण गरिएको फोहर व्यवस्थापन तथा प्रशोधन केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । शुक्लागण्डकी-७ शेरामा रहेको सूर्य नेपाल प्रालिको सहयोगमा उपलब्ध गराइएका सामग्री, औजार तथा भौतिक पूर्वाधार औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । 

    यहाँको फोहर व्यवस्थापन र वातावरण संरक्षणका लागि विसं २०८२ वैशाख १२ गते शुक्लागण्डकी नगरपालिकाका, ग्रिन रोड कम्पनी, सूर्य नेपाल प्रालिबीच सम्झौता भएको थियो । सूर्य नेपाल प्रालिका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्कीले नगरप्रमुख कृष्णराज पण्डितलाई उक्त केन्द्र हस्तान्तरण गर्नुभएको हो । लगत्तै नगरप्रमुख पण्डितले उक्त केन्द्रको उद्घाटन गर्नुभएको थियो ।

    प्लाष्टिक मिश्रित रोड (प्लाष्टिकका फोहोरलाई प्रशोधन गरी अलकत्रासँग मिसाएर निर्माण गरिएको सडक), ग्रिन ब्रिक (वातावरणमैत्री इँटा) बनाएर प्लाष्टिकहरूको उचित व्यवस्थापन गरी वातावरण संरक्षण, जनचेतना अभिवृद्धिमूलक कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आइरहेको गैर नाफामूलक ग्रिन रोड कम्पनीले आगामी दश वर्षका लागि फोहर व्यवस्थापनको जिम्मेवारी पाएको छ । 

    सम्झौताअनुसार नगरपालिकाले स्थानीयबाट फोहर सङ्कलन गरी फोहर व्यवस्थापन केन्द्र पुर्‍याउनुपर्नेछ । सम्भव भएसम्म स्रोतबाटै अलगअलग गाडी वा अलग दिनमा पुनः प्रशोधन गर्न मिल्ने र पुनः प्रशोधन गर्न नमिल्ने गरी छुट्याएर लैजानुपर्नेछ । प्रशोधन गर्न नमिल्ने हानिकारक फोहरलाई सिधै अन्तिम व्यवस्थापन र्ने ल्याण्ड फिलमा लैजानुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

    सूर्य नेपालले ग्रिन रोडलाई परियोजना निर्माण र सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत रु दुई करोड चार लाख आर्थिक सहयोग गरेको कारखाना प्रमुख कार्कीले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरप्रमुख पण्डितले लामो समयदेखि विभिन्न कारण सञ्चालन हुन नसकेको फोहरमैला व्यवस्थापन केन्द्र अब प्रभावकारी ढङ्गले सञ्चालन हुने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan