Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘जलवायु कूटनीतिमा नेपालले नेतृत्व लिनुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

काठमाडौँ, २९ असोजः राष्ट्रियसभा सदस्य जितजङ्ग बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र जोखिमलाई अन्तरराष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने बताउनुभएको छ ।
 
    राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति तथा आगामी जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तरराष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा भएको छलफलमा उहाँले जलवायु मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
 
    बैठकमा सांसद उर्मिला अर्यालले जलवायु परिवर्तनका असरबारे अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै नेपालले आफ्ना मुद्दा सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । सांसद कमला पन्थले नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत् र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । विद्युत् उत्पादन र विद्युतीय गतिविधिको विस्तारसँगै पर्यटन प्रवद्र्धनबाट पनि देशको आर्थिक विकासमा योगदान पुग्ने उहाँको भनाइ छ ।

    सांसद घनश्याम रिजालले विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । संरक्षणसम्बन्धी झन्झटिला व्यवस्था हटाउँदै जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद सम्झना देवकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि प्रभावकारी पहल गर्नुपर्ने बताउनुभयो । उहाँले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
 
    सांसद भुवन सुनुवारले जलवायुजन्य विपद्का कारण जनधनको क्षति हुनाका साथै नागरिक विस्थापित हुनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभयो । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम सम्बोधन गर्न प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ ।

    बैठकमा नेपालले आगामी अन्तरराष्ट्रिय जलवायु सम्मेलनमा उठाउनुपर्ने विषय, जलवायु कूटनीतिको प्रवद्र्धन तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको संरक्षणका विषयमा छलफल भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan