Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिलाषा विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

काठमाडौं असोज २७ गते । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादको सर्किट– २ मा मंगलबार जित हात पारेकी छन् ।

पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरिन् ।

उक्त खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपालकी राजदूत रिता दाहालले अभिलाषालाई बधाइ दिदै आगामी खेलका शुभकामना दिएकी  थिइन् ।

प्रिक्वाटरफाइनलमा अभिलाषाले थाइल्यान्डकी कामोनवान योडपेचसंग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । कामोनवान जारी प्रतियोगितामा दोश्रो वरीयता प्राप्त खेलाडी हुन् ।

डब्लुटीएको विश्व वरीयतामा अभिलाषा १ हजार ५ सय १० स्थानमा रहेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan