Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ २७ असोजः सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ । 

सशस्त्र प्रहरी परिवार महिला सङ्घले भोटेकोशी बाढीबाट प्राभावितलाई उक्त राहत रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सङ्घकी अध्यक्ष सावित्राकुमारी पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

 बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ र अवकाशप्राप्त सशस्त्र प्रहरी एक गरी १४ जना बेपत्ता भएका थिए भने एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए ।

 त्यस्तै दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार बेपत्ता भएका छन् । बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई रु २५ हजारका दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई रु १० हजारका दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत रु १० हजार उपलब्ध गराइएको छ ।

सङ्घकी अध्यक्ष श्रीमती पौडेलले बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्तीमगर र परिवार बेपत्ता भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीको परिवारजनसँग भेट गरी उक्त रकम प्रदान गरिनेछ ।

उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नका लागि रु ५० हजार ५५५ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan