Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
newsabhiyan

वीरगन्ज (पर्सा), २७ असोज : सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना व्यक्तिलाई आज नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार सुरक्षा टोलीले नेपालबाट भारतर्फ गइरहेका बारा जिल्ला बारागढी गाउँपालिका–३ का जमिल अख्तर मियाँले झोलामा लुकाइछिपाइ लैजान लागेको चार केजी ८५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो । निजलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय पठाइएको जानकारी दिइयो ।

त्यस्तै भारतबाट नेपालतर्फ पैदलयात्रमा रहेको बारा विश्रामपुर गाउँपालिका–५ शेख सहजातको शरीर खानतलासी गर्दा कालो प्लास्टिकमा रहेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ चार ग्राम ८४० मिलीग्रामसहित बरामद भएको थियो । 

यसैबीच, पर्सा प्रहरीले १२ बोरको भरुवा एक नाल बन्दुक बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–२२ स्थित धान  खेतमा लुकाइराखेको अवस्थामा सो बन्दुक बरामद गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan