Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । 

खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । 

दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् । 

तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ४९९ मत ल्याएका छन् ।

पाँचौँ स्थानका विकास कोइरालाले ३९४ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ३५३ मत पाएका छन् । 

सातौँ स्थानका रमेशप्रसाद धमलाले २८२ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले २५७ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan