Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौं जिल्ला क्रिकेट टिमलाई उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |

दोलखा क्रिकेट सङ्घ र गौरीशङ्कर क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन  भएको गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमले जितेको छ ।

जिरीको श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौं जिल्ला क्रिकेट टिमले  ललितपुर जिल्ला क्रिकेट टिमलाई ७२ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १२ ओभरमा पाँच विकेट गुमाएर १५६ रनको विशाल योगफल बनाएको थियो। काठमाडौंका लागि बिपिशा शाहीले २८ बलमा ५५ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरिन्। त्यस्तै, प्रशंसा घिसिङले १५ बलमा २२ रन तथा अस्मिना कर्माचार्यले २० बलमा ३३ रनको योगदान दिइन्।

१५७ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित १२ ओभरमा नौ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो। ललितपुरका लागि सभाव्या ढकालले १९ बलमा २६ रन बनाइन् भने सबिका यादवले १८ बलमा २७ रनको योगदान दिइन्। काठमाडौंको बलिङमा अनुष्रिया नगरकोटीले तीन विकेट लिइन्।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी काठमाडौंकी बिपिशा शाही प्लेयर अफ द म्याच घोषित भइन्। प्रतियोगितामा ललितपुरकी सभाव्या ढकाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन्।

त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट ब्याटर भक्तपुर जिल्ला क्रिकेट टिमकी अनुशा रोका घोषित भइन् भने उत्कृष्ट बलरको उपाधि ललितपुरकी प्रियााना प्रधानले जितिन्।
प्रतियोगिताले महिला क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान तथा जिल्लास्तरमा महिला क्रिकेटको प्रवद्र्धनमा योगदान पु¥याउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan