Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | (रासस)

धादिङ, २३ असोज : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

    त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको हो । सडक अवरुद्ध भएसँगै राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan