Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसका नेता एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताउनुभएको छ ।

    कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनुभयो ।

    “मैले विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइँन, त्यसकारण यो मेरा  लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो, यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु,” नेता आङ्देम्बेले भन्नुभयो ।

    महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको नेता आङ्देम्बेले उल्लेख गर्नुभयो । 

    “पहिला कांग्रेसलाई बूढापाकाहरूको पार्टी भन्ने गरिन्थ्यो, तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ, यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ,”  उहाँले भन्नुभयो । नेता आङदेम्बेले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan