Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विराट ट्रेडमा एक अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

विराटनगर, २० असोज  : विराट व्यापार सङ्घको आयोजनामा यही असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर’ सञ्चालन हुने भएको छ ।

विराटनगर महानगरपालिकाको जैन भवनमा हुने उक्त टे«ड फेयरमा रु एक अर्बभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिनुभयो ।  सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलन उक्त व्यपार मेलामा  १०० वटा प्रदर्शनी कक्ष रहने अध्यक्ष  अग्रवालले बताउनुभयो । दसैँको समयमा स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले फेयर आयोजना गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । मेलाको करिब एक लाख २५ हजारभन्दा बढी नागरिकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उद्योगबाट सिधँै उपभोक्तासम्म सामान पुर्याउने र भारी छुटमा सामग्री उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको व्यापार मेलामा अटोमोबाइल, कपडा, जुत्ता, फर्निचर, टायल, प्लम्बिङ लगायतका स्थानीय उत्पादनका सामग्री उपलब्ध हुने जानकारी दिइयो । उक्त व्यापार मेलामा विभिन्न स्थान विशेषका पहिचान  बोकेका स्थानीय घरेलु उद्योगका सामग्री तथा ढाका कपडा, मह, अचार, भोजपुरे खुकुरी लगायतका स्थानीय उत्पादन राखिने छ ।

मेलामा चिनी, चामललगायतका अत्यावश्यक सामग्री खाद्य संस्थानबाट छुट मूल्यमा उपलब्ध हुने आयोजकले जनाएको छ । मेलामा नेपाली उत्पादनसँगै भारत, पाकिस्तान र बंगलादेशका उत्पादन समेत  राखिने जनाइएको छ ।  बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न पहिलो पटक मेलामा रोबोट प्रदर्शन र पूर्व क्षेत्रका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजासँग सम्बन्धित आकर्षक सेल्फी जोनसमेत निर्माण गरिने छ ।

विराट व्यापार सङ्घले १५ वर्षपछि दोस्रो पटक विराटनगरमा व्यापार मेला आयोजना गर्न लागेको हो  । उक्त मेला आयोजनामा विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, उदय परियोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा उद्योग सङ्गठन मोरङ लगायतका निकायको सहयोग तथा सहकार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan