Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिरबाट खसेर एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | RSS

लमजुङ, १९ असोजः लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर आज मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका-८ का ३७ वर्षीय राजकुमार चौधरीको भिरबाट लडेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार आज बिहान आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भिरबाट करिब २० मिटर तल खसेका थिए । भिरबाट खसेर गम्भीर घाइते हुनुभएका उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । 

    उपचारका क्रममा चिकित्सकले चौधरीलाई  मृत घोषणा गरेका सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । चौधरीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको जनाउँदै पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan