Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौँ, ६ असोजः जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ । नेपालले थाइल्यान्डलाई पराजित गरेको हो । 

     समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो । नेपाल पहिलो हाफमा १५–२४ अङ्कले पछि परेको थियो । 

    नेपालले दोस्रो हाफमा पुनरागमन गरेको थियो । दोस्रो हाफमा नेपालले ३१ अङ्क जोड्न सफल भयो । थाइल्यान्डले भने १९ अङ्क मात्र जोड्न सक्यो । समूह ‘बी’ मा नेपाल र थाइल्यान्डका साथै श्रीलङ्का र  चाइनिज ताइपेइ रहेका छन् । नेपालले बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग खेल्ने महिला टोलीका प्रशिक्षक पार्वती राईले जानकारी दिइन् । उनले आजको खेलबाट नेपाली टोली उत्साहित भएको बताइन् । 

    चार टोली सहभागी समूह ‘बी’बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन् । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan