सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः अग्रवाल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
सप्तरी, ६ असोजः सप्तरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको छ । सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल पुनःसर्वसम्मत चयन हुनुभएको हो ।
यसैगरी सङ्घको उपाध्यक्षमा दुर्गानन्दप्रसाद साह (उद्योग), उपाध्यक्षमा अमृतकुमार संचेती (बाणिज्य), महासचिवमा सुरेन्द्रप्रसाद साह, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा तथा सह–कोषाध्यक्षमा निर्मलकुमार मुन्धडा सर्वसम्मतले चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमः दिलिपप्रसाद गुप्ता, सन्तोषकुमार सिन्हा, सञ्जिवकुमार चौधरी, सन्तोषकुमार चौधरी, सुमनराज सिंह, अनिलप्रसाद सिंह र अम्बिकाकुमारी दाहाल (महिला) सर्वसम्मतले चयन हुनुभएको छ ।
