Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौँ, ६ असोजः आजदेखि सुरु हुने ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।

यही असोज १२ गतेसम्म बैङ्ककमा हुने उक्त प्रतियोगितामा नेपालकातर्फबाट जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार नै बिदाइ गर्नुभएको थियो । 

उक्त प्रतियोगिताका लागि टोली प्रमुखमा राजेशबाबु श्रेष्ठ, अफिसियलमा विजयलाल कायश्थ र दिनेशकुमार राजभण्डारी तथा प्रशिक्षकमा रुजेश शाही, टिम व्यवस्थापकमा राजेशबहादुर श्रेष्ठ र निर्णायकमा प्रतापकाजी बरिया सहभागी हुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan