Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | रासस

 कर्णाली, १ असोजः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने  बताउनुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

    मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उहाँले पुँजीगत खर्च बढाउन सबै अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो । 

    मुख्यमन्त्री शाहीले भन्नुभयो, “ऐननियम संशोधन गर्नुपर्नेछ भने गराँै, कर्मचारीलाई  तालिमको आवश्यकता हो भने त्यो पनि दिऊँ तर काम समयमै सक्ने र विनियोजित रकम पारदर्शी र प्रभावकारी रुपमा खर्च गर्नेतर्फ ध्यान दिऊँ ।”

    उहाँले स्थानीय तहसँगको सहकार्य र कर्मचारीको काममा गति बढाएर वित्तीय प्रगतिमा सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले आर्थिक वर्ष २०८२÷८३ को वित्तीय प्रगति सन्तोषजनक नभएको भन्दै यसपटक सुधारेर लैजानुपर्नेमा जोड दिनुभयो । 

    प्रदेश सरकारको आव २०८२÷८३ को वार्षिक प्रगति विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कुल रु छ अर्ब नौ करोड ६२ लाख बजेट विनियोजन भएकामा असार मसान्तसम्म रु तीन अर्ब ३७ करोड १६ लाख खर्च भएको थियो । जुन कुल बजेटको ५५ दशमलव ३१ प्रतिशत बराबर हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan