Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस/एएफपी)

इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने चीनको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।

    मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीबीच बुधबार वार्ता हुनेछ । दुबैले गत साता दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनमा साइडलाईन भेटवार्ता गर्नुभएको थियो । 

    अमेरिका र इरानबीच महिनौँदेखि जारी द्वन्द्व अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेको चीनमा अराघचीको भ्रमण हुन लागेको हो । चीन इरानको प्रमुख आर्थिक साझेदारमध्ये एक हो । उसले इरानको ठूलो परिमाणको तेल खरिद गर्दै आएको छ भने कूटनीतिक रूपमा पनि तेहरानलाई महत्वपूर्ण समर्थन गर्दै आएको छ ।

    दुई विदेशमन्त्रीबीचको वार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणको ठीक एक साताअघि हुन लागेको हो । सीले उक्त भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

    सी–ट्रम्प भेटवार्तामा व्यापार र कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी प्रतिस्पर्धालगायतका जटिल मुद्दासँगै अमेरिका–इरान द्वन्द्व पनि प्रमुख चासोको विषय बन्ने अपेक्षा गरिएको छ ।

    यसैबीच, जोर्डनमा अमेरिकी सेना रहेको सैन्य आधारमा इरानी आक्रमण हुनुअघि र पछि चीनका निकायले तेहरानलाई स्याटेलाइट तस्बिर उपलब्ध गराएको भन्ने हालैका समाचारलाई बेइजिङले खण्डन गरेको छ । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीनमाथि लगाइएका आरोपको खण्डन गर्दै भन्नुभयो, “हामी प्रमाणविहीन शङ्का र आरोपको दृढतापूर्वक विरोध गर्छौँ ।”

    ‘वाल स्ट्रिट जर्नल’मा प्रकाशित उक्त समाचारले आगामी साता हुने भनिएको सी–ट्रम्प भेटवार्ताअघि वासिङ्टन र बेइजिङबीचको तनाव थप बढ्न सक्ने आशङ्का जन्माएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई हतियार नबेच्न चेतावनी दिँदै आउनुभएको छ । यसअघि वासिङ्टनले इरानको सैन्य गतिविधिलाई सहयोग गरेको आरोपमा मे महिनामा चीनमा आधारित तीन स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan