Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी टिम च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २७ शनिबार |

गण्डकी प्रदेशले राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । गण्डकी सर्वाधिक ६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो ।

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ सदूरपश्चिम प्रदेश दोश्रो भयो । तेश्रो स्थानको बागमती प्रदेशले ३ स्वर्ण हात पा¥यो ।

टोखामा भएको प्रतियोगिताको पुरुषमा कोशी प्रदेशका जीवन लोहार तथा महिलामा बागमतीकी सरोन पराजुली उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको पुरुष १५–२० केजीमा उज्ज्वल तामाङ, २१–२५ केजीमा ईश्वर सन्ज्याल, २६–३० केजीमा सुयोग गुरुङ, ३१–३५ केजीमा पवन गुरुङ, ३६–४० केजीमा निराजन बोहरा, ४१–४५ केजीमा समित अर्गेजा, ४६–५० केजीमा इशान थापा र ५१–५५ केजीमा योगेश गुरुङले स्वर्ण जिते ।

महिला ३१–३५ केजीमा सुमिका तामाङ, ३६–४० केजीमा भीममेन्दो तामाङ, ४१–४५ केजीमा निमा शाह, ४६–५० केजीमा सुशिला जिरेल र ५१–५५ केजीमा रविना तामाङले पहिलो स्थान हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan