Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस-एएफपी)

काबुल, १४ साउन : इस्लामिक स्टेट समूह (आइएस) को एक क्षेत्रीय शाखाले उत्तरपूर्वी अफगानिस्तानमा एक जना तालिबान अधिबकारी माथि आक्रमण गरेको दाबी गरेको एक छ ।

बदख्सानको सूचना तथा संस्कृति विभागका प्रमुख जबिहुल्लाह अमिरीलाई प्रान्तीय राजधानी फैजाबाद जाँदै गर्दा गोली हानेर हत्या गरेको समुहका दाबी छ । 

अफगानिस्तान र पाकिस्तानको शाखा इस्लामिक स्टेट समूहले बुधवार आक्रमण गरेको बताएको छ ।

“खिलाफतका सैनिकहरूले तालिबान मिलिसियाका एक कमान्डरलाई... मेसिन गनले हानेर उहाँका एक गार्डसहित उहाँको हत्या गरेको निगरानी संस्था साइट ”इन्टेलिजेन्स ग्रुप “ ले उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

 मृतक अमिरी दक्षिणी हेलमण्ड प्रान्तका गभर्नर अमनुद्दीन मन्सुरका भतिजा रहेको जनाएको छ ।

अफगानिस्तानको सूचना र संस्कृति मन्त्रालयले “कायरतापूर्ण आक्रमण“ पछि एक आक्रमणकारी मारिएको र दोस्रोलाई पक्राउ गरेको बताएको छ ।

मन्त्रालयले “इस्लामिक सरकारका शत्रुहरूलाई यस्तो कायरतापूर्ण कार्यले संकल्पलाई कहिल्यै कमजोर नपार्ने जनाएको छ ।

तालिबान अधिकारीहरूले अफगानिस्तानमा सुरक्षा पुनस्र्थापना गर्ने प्रतिवद्धता गरेको भएता पनि सन् २०२१ मा सत्तामा फर्किए पछि छिट –पुट आक्रमणहरू जारी रहेको जनाइएको छ । 

इस्लामिक स्टेट समूहको क्षेत्रीय शाखाले जनवरीमा मध्य काबुलको एक चिनियाँ रेस्टुरेन्टमा भएको विस्फोटसहित कम्तीमा सात जनाको ज्यान गएको दाबी गरेको छ ।

जिहादी समूहले सन् २०२४ डिसेम्बरमा काबुलमा भएको आत्मघाती बम विस्फोटको समेत जिम्मेवारी लिएको थियो जसमा शरणार्थी मन्त्री खलील उर– रहमान हक्कानीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan