Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस/सिन्ह्वा)

इस्लामाबाद , १४ साउन : द्विपक्षीय वार्ता जारी रहेको अवस्थामा पाकिस्तानले  अमेरिका र इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने काम गरिरहेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी स्रोतले संयुक्त राज्य अमेरिका र इरान बीचको तनाव कम गर्न मद्दत गर्ने कूटनीतिक प्रयासहरू जारी राख्दै, दुबै पक्षहरूलाई इस्लामाबादमा फर्कन आग्रह गरेको जनाएको छ ।

हाल स्ट्रेट अफ होर्मुजको स्थिति सामान्य बनाउन र तनाव कम गर्न दुवै पक्ष बीच वार्ता जारी रहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले पत्रकारहरुसँगको साक्षतकारमा बताउनु भएको छ । 

पाकिस्तानले आफ्नो भावना र पाकिस्तान–कतारको संयुक्त वक्तव्य अनुरूप सबै अड़चनहरू हटाउन सकियोस भन्ने उदेश्यका साथ दुवै पक्षलाई इस्लामाबाद सम्झौता फिर्ता ल्याउन  “सक्दो प्रयास“ गरिरहेको प्रवक्ता अन्द्राबीले  बताउनु भएको छ ।

प्रवक्ताले अन्द्राबीले   हालैका दिनहरूमा सापेक्ष शान्तिका बावजुद खाडीको सुरक्षा अवस्था “अनिश्चित“ रहेको र पाकिस्तानले वार्ता र कूटनीति नै एकमात्र व्यावहारिक मार्ग रहेको विषयमा विश्वास गरेको बताउनुभएको छ ।

पाकिस्तानले इरान र अमेरिका बीचको शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्ने प्रयासलाई स्वागत गरेको बताउदै उहाँले  क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न इस्लामाबादले आफ्नो भूमिका जारी राख्ने बताउनुभएको छ । 

हालै क्षेत्रीय शान्ति कायम गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र साउदी राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउद र लाल सागर र स्ट्रेट अफ होर्मुज हुँदै वैध समुद्री व्यापारको निर्बाध प्रवाह सुनिश्चित गर्न समन्वयमा काम गर्न सहमत भएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan