Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

न्यूजअभियान | प्रकाशित मिति : २०८१ मङ्सिर ११ मंगलबार | (रासस/एएफपी)

विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उहाँको परिवारलाई उद्धृत गर्दै बताएको छ ।

    टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उहाँको निधन भयो ।

    अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उहाँ विश्वका सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो ।

    “उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”

    टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मनुभएका र दुवै विश्वयुद्धबीच जीवित रहनुभएका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उहाँको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताउनुभएको थियो ।

    “तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उहाँले भन्नुभएको थियो ।

    उहाँले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिनुभएको थियो । “यदि तपाईँ धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईँले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उहाँले भन्नुभयो ।

    दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गर्नुभयो र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गर्नुभयो ।

    उहाँ लिभरपुल फुटबल क्लबका आजीवन समर्थक हुनुहुन्थ्यो र हरेक शुक्रबार माछा र चिप्स खानुहुन्थ्यो ।

    विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका हुनुहुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan