Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सम्बन्ध बिच्छेद गरेका प्रधानमन्त्रीले श्रीमतीसँगै बिदा मनाउने

न्यूजअभियान | प्रकाशित मिति : २०८० श्रावण १८ बिहीबार |
newsabhiyan

क्यानाडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्ध बिच्छेद भएको छ । उनीहरुले १८ वर्ष लामो वैवाहिक सम्बन्ध हिजोदेखि तोडेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयले दुवै जना कानुनी रुपमा छुट्टिएको जानकारी दिएको छ । तर उनीहरु गहन प्रेम र आपसी सम्मानसहित एउटै परिवारको रुपमा रहने दाबी पनि गरिएको छ ।

सम्बन्ध बिच्छेद गरेका उनीहरु आगामी साता सँगै बिदा मनाउन जाने भएका छन् । ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीका तीन सन्तान छन् । तीमध्ये जेठो छोरा १५ वर्षका र कान्छो नौ वर्षका हुन् । 

क्यानाडामा पदमा छँदै सम्बन्ध बिच्छेद गर्ने ट्रुडो दोस्रो प्रधानमन्त्री हुन् । यसअघि उनका पिताले सन् १९७७ मा आमा मार्गरेटसँग छ वर्षमै अलग भएको घोषणा गरेका थिए । एजेन्सी । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan