अमेरिकी राष्ट्रपति ओबामा र मिसेल अर्जेन्टिनामा यसरी नाँचे - भिडियो सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामाले अर्जेन्टिना भ्रमणका क्रममा ट्यांगो नाँच नाचेका छन् ।
बुधबार आयोजित ब्युनआयर्सको क्रिचनर कल्चलर सेन्टरमा डिनर पार्टीमा ओबामा दम्पति अर्जेन्टिनाको मौलिक नाँच नाचेका हुन् ।
पार्टीको क्रममा व्यवसायिक रुपमा नाच्नेहरुले नाँच देखाएका थिए । त्यसपछि महिलाले बाराक ओबामालाई र पुरुषले मिसेललाई नाच्नका लागि अनुरोध गरेका थिए ।
राष्ट्रपति ओबामा नाँचेको भिडियो सार्बजनिक भए संगै अहिले समाचार तथा भिडियो भाईरल नै बनेको छ ।
भिडियो हेर्नुहोस् !
