Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किम कार्दशियनको तस्बिर खिच्न २५ लाख डलरसम्मको प्रस्ताव

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

एजेन्सी । अमेरिकी मोडल किम कार्दशियन अहिले दोस्रो सन्तानकी आमा बनेकी छिन् त्यसैले होला अहिले उनी प्रशन्न देखिन्छिन् । यतिले मात्र उनी मख्ख भएकी भने पक्कै होइनन्, केही साताअघि छोरो जन्माएकी किमलाई छोरोको तस्बिर खिच्न दिएबापत २५ लाख डलर प्रस्ताव गरिएपछि उनी मख्ख परेकी हुन् ।

किमले डिसेम्बर ५ मा छोरो जन्माएकी थिइन् । त्यसयता विभिन्न प्रकाशन समूहले किमको छोराको तस्बिर लिन मोटो रकम दिइरहेका छन् । खबरका अनुसार २० देखि २५ लाख डलरसम्म रकम प्रस्ताव गरिएको थियो ।

यति रकम दिएबापत किमले छोरोको तस्बिर खिच्न दिनुको साथै छोरोसँग पोज पनि दिनुपर्ने शर्त राखिएको थियो । तर यि सबै प्रस्तावहरु किमले स्वीकार गरेकी छैनन् । भर्खर सुत्केरी अबस्थामा रहेका कारण केहि महिलापछि उनले यो शर्त स्विकार गर्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan