Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०१५ को मिस वल्र्डको उपाधि स्पेनकी मेरियालाई

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

एजेन्सी । स्पेनकी मेरिया लालागुना रोयोले सन् २०१५ को मिस वल्र्डको उपाधि जितेकी छिन् ।

चीनको सान्या सहरमा भएको मिस वल्र्डको फाइनल बार्सिलोना सहरकी २३ वर्षीया व्यावसायिक मोडल मेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।

प्रतियोगिताको फाइनलमा उनले ‘आफूमा भित्री सुन्दरता छैन भने बाहिरी सुन्दरताको कुनै मतलब नरहने’ भन्दै तार्किक विचार राखेकी थिइन् ।

सोही उत्कृष्ट प्रस्तुतिका कारण मेरिया मिस वल्र्डको ताज पहिरिन सफल भएकी हुन् । उनी औषधि विज्ञानमा स्नातक हुन् भने पोषण विषयमा एमए गर्न चाहन्छिन् ।

प्रतियोगिताको उत्कृष्ट पाँचमा रसिया, इन्डोनेसिया, लेबनन र जमैकाली सुन्दरी परेका छन् ।

यसपटकको मिस वल्र्ड प्रतियोगितामा मानवअधिकारसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण मिस क्यानेडियनले प्रतियोगिता गुमाउनुपरेको थियो ।

प्रतियोगितामा स्कटल्यान्ड र नर्दन आयरल्यान्ड उत्कृष्ट १० मा पर्न सफल भए पनि इंग्ल्यान्ड उत्कृष्ट २० मा समेत पर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan