डीआईजी नवराज सिलवाल पक्राउबारे केपी ओली संसदमा बोलेपछि बबाल !
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख १२ मंगलबार | ४६८६ पटक हेरिएको
सोमबार बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै ओलीले सिलवाललाई विना कारण पक्राउ गरिएको भन्दै सरकारको आलोचना गर्दै कानुन हातमा लिने काम नगर्न चेतावनी दिए । कानुन राज हुन्छ कि स्वच्छाचारी राज ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भने- ‘बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नु हुन्छ ?’ आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकारले नै हेरफेर गरेको आरोप लगाए । ओली बोल्दा प्रधानमन्त्री प्रचण्ड, राप्रपा अध्यक्ष एवं उपप्रम कमल थापा लगायत सांसदहरु ध्यानपूर्वक सुनिरहेका थिए ।
