Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

के रामबहादुर बम्जनले बुद्ध भन्दा पनि बढी ज्ञान पाएकै हो ? के हो रहस्य ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ चैत २९ मंगलबार | ६१९४ पटक हेरिएको

यो ललितपुरको कार्यविनायक नगरपालिका–१३ स्थित चुनिखेल । अर्थात् बुङमती ।
गएको दुई सातादेखि गजबको चहलपहल देखियो यहाँ । त्यही चहलपहल बुझ्न शुक्रबार हामी पनि बुङमतीलाई दाहिने छाडेर अघि बढ्यौं । चहलपहलको केन्द्रविन्दु पुग्नु भन्दा करिब ७ किलोमिटर वरदेखि नै यस्तो लाइन देदियो श्रद्धालु भक्तजनहरुको ।
काठमाडौं उपत्यका र आसपासका मात्रै होइन, देशै भरिबाट आएका भक्तजनहरुको भीड हेर्न लायक थियो । यो सव भीड र लाइन छिचोलेर हामी यसको केन्द्रविन्दुतर्फ अघि वढीरहेका थियौं । कृत्रिम फूलहरुले झकिझकाउ सिंगारिएको स्थान साँच्चै उच्च कोटीको लाग्थ्यो । निकै पर कार्पेट ओछ्याइएको ठाउँदेखि नै जुत्ता चप्ल लगाएर पस्न नमिल्ने रहेछ ।
७५ फिट अग्लो आकृतिमा महामैत्रीको थांका चित्र टासिएको छ । यो सिंगो परिसरभरि गाढा बैजनी रंगको पोसाक लगाउने पुरुष र गुलाबी रंगको पोसाक लगाउने महिलाहरू सक्रिय थिए । प्रत्येकले प्रत्येकलाई देख्नेबित्तिकै ‘मैत्री मंगलम्’ भनेर अभिवादन गरिरहेका देखिन्थे ।
त्यसका साथै ब्यानर र गेटहरुमा एउटा फोटा र त्यो फोटो मुनी ‘सर्वज्ञ परमपूज्यनीय महासम्बोधी गुरु धर्म संघ ।’ ‘विश्वशान्ति महामैंत्री पूजा एवं महादर्शन आशिर्वाद कार्यक्रम’ लेखिएको थियो ।
अत्यन्त व्यवस्थित कार्यक्रमस्थल भित्र विभिन्न खण्डहरु थिए । जसको विचमा राखिएको सेत रंगको विशाल आसन थियो ।
करिब पाँच सय जना पोसाकधारी शिष्य एकोहोरो मन्त्रपाठ गरिरहेका थिए । त्यतिकैमा तीन चार जना शिष्यले बेसार रंगको कपडा ओछ्याउन थाले । ठ्याकै आसनको अघिबाट । ति दृश्य पनि हामी आफ्नो क्यामेरामा कैद गर्दै गयौं
त्यो कपडा बिस्तारै करिब एक किलो मिटर सम्म ओछ्याइयो र त्यसको दुवै तिर शिष्यहरु लाम्बद्ध भएर प्रार्थना गर्न थाले ।
यति बेलासम्म दिउँसोको एक बजेर २० मिनेट गइसकेको थियो । लगत्तैै अघि नेपाल प्रहरीको गाडी, त्यपछि मोटरसाइकलहरु अनि बिचमा ९०८५ नम्बर को गाडी । अरु सबै गाडी ओछ्याएको कपडासम्म पुगेपछि दायाँ वायाँ राखियो । तर, दुई वटा गाडी कपडा माथि हुँदै मुख्य केन्द्र नजिकै पुगे । भब्य स्वागतका विच सहयोगहीहरुको विशेष साथमा गाडीको ढोका खुल्यो । जुन गाडीबाट वाहिर निस्किए निकै अघिदेखि लिटिलि वुद्धको नामसंग जोडिएर चर्चामा रहेका वाराका रामवहादुर बम्जन अर्थात अहिलेका महासम्बोधी धर्म गुरु...

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan