मोड्लिङमा कुमार र राजेन्द्र
युवा गितकार तथा संगीतकार अनिल कोयी राईको शब्द संगीतमा रहेको सँगै जिउने बाचा गरि आज अन्तै बाटो मोड्यौ गितको भिडियोको , गितकार तथा संगीतकार राईको उत्त गितलाई आवाज दिएका छन् अहिलेका चर्चित युवा गायक सचिन राईले , गायक राईको आवाजमा रहेको गितको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा नव कलाकार कुमार शाहले र राजेन्द्र खड्ले नायिका सारिका घिमिरे सँग रोमान्स गरेको छन् छ । भिडियोलाई निर्देशन तथा सम्पादन अर्जुन थापा अबिरलले गरेका हुन भने छायांकन अहिलेका निकै ब्यस्थ छायांकार सागर गौतमले छायांकन गरेका हुन् ।
गितको भिडियो काठमाण्डौ भन्दा बाहिर सिन्धुपाल्चोक स्थित निकैनै रमणिय स्थल सबैको रोजाईमा पर्ने भोटेकोसिको किनारमा रहेको सुकुटे बिच रिसोर्टमा छायांकन गरिएको हो ।
