Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौैँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |

कर्णाली, १२ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत पुरुष फुटबलतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब  सेमिफाइनलमा प्रवेश गरेको छ । 

    कर्णाली प्रदेश रङ्गशालामा आज भएको एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टोलीले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए । उक्त खेलमा दुवै टोलीले अङ्क बाँडेका थिए । एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम भने लिग चरणबाटै बाहिरिएको छ । 

    खेलको सातौँ मिनेटमा सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एपीएफका गणेश पुलामीले खेलको १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २६औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ गोलको अग्रता लियो ।

    पहिलो हाफमा एक गोलले पछाडि परेको सुदूरपश्चिमका लागि दोस्रो हाफको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ गोलको बराबरीमा पु¥याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।  अघिल्लो खेलमा मधेश प्रदेशसँग सुदूरपश्चिम पराजित भएको थियो । आजै दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan