Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, साढे दुई वर्षसम्म ठेक्कापट्टामा रोक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं, ११ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै एक कम्पनीलाई एक वर्ष, चार कम्पनीलाई दुई वर्ष र दुई कम्पनीलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिस तथा लेखी आएबमोजिम कार्यालयले मंसिर ३ गते गरेको निर्णयअनुसार सम्बन्धित कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम गरिएको उक्त निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुने कार्यालयले स्पष्ट पारेको छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यससँगै उनीहरू सरकारी तथा सार्वजनिक संस्थानका ठेक्का, निर्माण कार्य, वस्तु तथा सेवा आपूर्तिसम्बन्धी खरिद प्रक्रियाबाट वञ्चित हुनेछन्।

सार्वजनिक खरिद प्रक्रियामा सहभागी भएर सम्झौताअनुसार काम नगर्ने, जिम्मेवारी पूरा नगर्ने वा खरिदसम्बन्धी कानुनी प्रावधान उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गर्ने व्यवस्था छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरण र सिफारिसका आधारमा कालोसूचीसम्बन्धी निर्णय गर्दै आएको छ। यस्तो कारबाहीले सार्वजनिक निर्माण तथा खरिद प्रक्रियामा अनुशासन कायम गर्न र ठेक्का सम्झौताअनुसार काम सम्पन्न गराउने उद्देश्य राखेको छ।

सरकारी आयोजना समयमै सम्पन्न नहुने, ठेक्का लिएर काम अलपत्र पार्ने तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग हुन नसकेको विषय बारम्बार उठिरहेका बेला गरिएको यो निर्णयलाई सार्वजनिक खरिद प्रक्रियामा जवाफदेहिता कायम गर्ने कदमका रूपमा हेरिएको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कालोसूचीको अवधि समाप्त नभएसम्म सम्बन्धित व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan