Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार देशमा एनभिडियाका सर्भर ढुवानी रोकियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस-एएफपी)

वासिङ्टन, १० मङ्सिर : अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन आफ्ना उत्पादन साझेदारहरूलाई रोक लगाउन निर्देशन दिएको छ ।

अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ ।

अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा एनभिडियाका अत्याधुनिक चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

गत साता वासिङ्टनले चिप तस्करी रोक्न र दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिएर प्रतिबन्ध छल्ने चिनियाँ कम्पनीहरूको गतिविधि नियन्त्रण गर्न निर्यात नियम थप कडा बनाएको थियो ।

एफटीका अनुसार अमेरिकी कम्पनी डेल र सुपरमाइक्रोले डाटा सेन्टरका लागि तयार गर्ने सर्भरमा एनभिडियाका चिप जडान गर्दै आएका छन् ।

यी कम्पनी पनि नयाँ निर्देशनबाट प्रभावित भएका छन् । सिङ्गापुरको क्लाउड कम्प्युटिङ कम्पनी एओलानीले चिनियाँ कम्पनी बाइटडान्सलाई भाडा सम्झौतामार्फत एनभिडियाका हार्डवेयरमा पहुँच दिने योजना बनाएको थियो । रोक अस्थायी हो वा दीर्घकालीन भन्ने स्पष्ट नभएको अखबारले जनाएको छ ।

अमेरिकी नयाँ नियमले आवश्यक इजाजतपत्रका लागि आवेदन दिन दिइएको ९० दिनको अवधिमा क्षेत्रीय व्यवसायमा ‘अराजकता’ सिर्जना गरेको एक क्लाउड सेवा प्रदायकका कार्यकारीले एफटीलाई बताएका छन् । यस विषयमा प्रतिक्रिया लिन एएफपीले एनभिडिया, डेल, सुपरमाइक्रो, एओलानी र बाइटडान्सलाई सम्पर्क गरेको छ ।

एनभिडियाका चिप अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै चीन पु¥याइएको आशङ्कामा सिङ्गापुरको मेगास्पिड कम्पनीका पूर्वकार्यकारी एलिस हुआङमाथि अनुसन्धान भइरहेको छ ।

केही अमेरिकी अधिकारीले उहाँमाथि बेइजिङका लागि जासुसी गरेको आशङ्का गरेका छन् । एलिस र एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध नरहेको बताइएको छ ।

अमेरिका र चीनका प्रविधि कम्पनीको ठूलो लगानीले दक्षिणपूर्वी एसियामा डाटा सेन्टर निर्माण तीव्र बनाएको छ । केपीएमजीका अनुसार सन् २०३० सम्ममा यस क्षेत्रको डाटा सेन्टर क्षमता सन् २०२५ को तुलनामा तीन गुणा र एआईको प्रयोग दस गुणाले बढ्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan