Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |

काठमाडौं, १० मंसिर : काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइनहोटलबाट स्रोत नखुलेको नेपाली ५० लाख ५० हजार रूपैयाँ, ४२१५.०९ ओमानी रियाल र ५५ अरब दिराम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा माल्दिभ्सकानागरिक Yugeeth Ibrahim र काठमाडौं ठमेल बस्ने चितवन घर भएकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ पिपलबोट स्रोत नखुलेको भारतीय ५ लाख ५० हजार रूपैयाँ सहित भारत कोशीनगर धौडादी कप्तानगन थाना सिरायोपाली बस्ने ४५ वर्षीय सन्तोष सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलहीया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan