Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापा महिला गोल्डकपः एपिएफ फाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

झापा, ९ मङ्सिरः दूधे रङ्गशालामा जारी झापा महिला गोल्डपकको आजको खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

    खेलको २६ औँ मिनेटमा एपिएफले अग्रता लियो । झापाकी सेमिहाङमा लिम्बूले एपिएफकी रश्मीकुमारी घिसिङलाई डि–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मीले सोझै पोस्टको दिशा दिइन् । एपिएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मीले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।

    खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद रु १५ हजार पुरस्कार पाइन् । बिहीबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच हुँदैछ ।

    प्रतियोगिताको विजेताले नगद रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले एक लाख ५० हजार पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan